जर्मनी क्वाटरफाइनलमा


काठमाडौँ । जर्मनी र युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

युरोपा पार्क स्टेडियन शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बोसनिया र हर्जगोभिनालाई ७–० ले पराजित गरेको हो।

जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले दुई दुई गोल गरे। यस्तै जमाल मुसियाला, काई हाभर्ट्ज र लेरोय सानेको नाममा एक एक गोल रह्यो।

पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।

यो जितसँगै समुह ३ मा जर्मनीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको