ज्ञानोदय र एलआरआई फाइनलमा


ज्ञानोदय बालवाटिका र एलआरआई १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ज्ञानोदयले पुष्पसदनलाई ५६–३८ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दीपेश शाहीले ३० अंक योगदान गरे । मन्दिप गुरागाईंको २१ अंक सहयोगमा एलआरआईले आयोजक रेडियन्ट पब्लिकलाई ५३–३१ ले हरायो ।

सिनियर गल्र्समा रेडियन्ट पब्लिक र स्वर्णिम उपाधिका लागि भिड्ने भएका छन् । रेडियन्टले जेसिसमाथि ३०–३ को सहज जित दर्ता ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ स्कोर गरिन् । स्वर्णिमले केभीसीलाई २३–१८ ले पाखा लगायो । स्वर्णिमकी हिसी लामाले १० अंक जोडिन् ।

जुनियर ब्वाइजमा कश्यप र सेबले फाइनल भेट पक्का गरे । कश्यपले ग्रिनफिल्डलाई २५–१३ ले पन्छायो । कश्यपका एलेन लामाले ८ अंक जोडे । सेबले ब्राइट होराइजनले २२–१६ ले पराजित ग¥यो । सेबका सुजन घलेले ८ अंक बटुले । फाइनल मंगलबार हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको