एसिया कप : नेपाल र श्रीलंका खेल्दै


काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गदै छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हु यो खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट सुरु हुने छ।

आठ देशको सहभागिता रहेको एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै समूह ‘बी’ अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ।

सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको