इरानी टोलीको विजयी सुरुआत


काठमाडौं । इरानको यु–१८ टोलीले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा इरानले माल्दिभ्सको क्लब एचडिसीलाई ३–२ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको इरानले त्यसपछिका दुई सेट २२–२५, २३–२५ ले गुमाएको थियो।

चौथो सेट इरानले २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो। निर्णायक तथा अन्तिम सेटमा १५–१३ ले विजयी हुँदै इरानले सुखद सुरुआत गर्यो।

जितसँगै इरानले दुई अंक जोडेको छ । पराजित एचडिसीको दुई खेलबाट तीन अंक छ। पहिलो खेलमा एचडिसीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको