काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) दुई खेल हुँदै छन्।
आज पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदै छ। यो खेल आज बिहान ९ बजेदेखि शुरु हुँदै छ।
जारी लिगमा जनकपुरले अहिलेसम्म लगातार चार खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्सले चार खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
त्यस्तै आज दोस्रो खेल काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै छ। यो खेल अपराहन्न १ बजेदेखि शुरु हुँदै छ।
काठमाडौँले तीन खेलमा दुई अंकसहित छैटौं स्थानमा छ भने लुम्बिनीको पाँच खेलमा दुई अंकसहित पाँचौं स्थानमा छ।


