एटलान्टामाथि रियलको जित


काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा सविक विजेता रियल मड्रिडए एटलान्टालाई पराजित गरेको छ।

गएराती भएको खेलमा रियलले एटलान्टालाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा किलीयन एम्बाप्पे, भिनिसियस जुनियर र जुड़े बेलिङघमले एक एक गोल गरे। एटलान्टाका लागि चार्लेज डी केटेलारेरे र एड्मोला लुकम्यानले एक एक गोल गरे।

खेलको १०औँ मिनेटमा एम्बाप्पेको गोलमार्फ रियलले सुरुआती अग्रता बनाएको थियो।

जितसँगै ६ खेलबाट ९ अंक जोडेको रियल १८औँ स्थानमा छ। त्यस्तै एटलान्टाको ६ खेलमा ११ अंकसहित नवौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको