मलेसियालाई तीन विधामा उपाधी


काठमाण्डौमा भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधी हात पारेको छ ।
मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधी उचालेको हो । पुरुष युगल तर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् ।

यस्तै महिला युगल तर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ र मिस्क युगल तर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१–१८, २१–११ को अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको पुरुष एकल तर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बी.एम. राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधी उचाले ।
महिला एकल तर्फ थाईल्याण्डकी ललिनरात चाईवानले उपाधी जितिन् । चाईवानले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले पराजित गर्दै उपाधी जितेकी हुन् ।

प्रत्येक विधाका बिजयी खेलाडीले नगद १२ सय डलर, ७२० डलर र ३ सय डलर प्राप्त गरे ।
बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका १७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको