खो खो टोली भारत प्रस्थान


काठमाडौं, पुस २६ गते । प्रथम खो खो विश्व कपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।

पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा २५–२५ पुरुष÷महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक छन्। विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको