काठमाडौं । पाँचौं संस्करणको टाइगर कप भलिबलमा विभागीय टोली एपिएफ क्लबले पुनरागमन जित दर्ता गरेको छ।
पोखरामा शनिबार सुरु भएको महिलातर्फको पहिलो खेलमा एपिएफले थाइल्याण्डको ट्राभल इनक्वारी क्लबलाई ३-२ ले पराजित गरेको हो। पहिलो र दोस्रो सेट गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो।
पहिलो सेट २१-२५ तथा दोस्रो २०-२५ ले गुमाएको थियो। त्यसपछि भने एपिएफले २५-१९, २५-२० र १५-७ ले जित्दै एपिएफले खेल जित्यो।