सरस्वती चौधरी अष्ट्रेलिया फर्किइन्

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छन्।

पोखरामा सम्पन्न पाँचौं संस्करणको टाइगर कप खेल्न  आएकी उनी बिहीबार अष्ट्रेलिया फर्किएकी हुन्। उनले विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन्।

तर, फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित हुँदै उपविजेतामा सिमित भएको थियो। उनलाई एपिएफका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको