काठमाडाैँ । नुवाकोटले दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। नुवाकोटले ३ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो।
न्यु सरस्वती तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङ ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो।
ग्योरोगीको पुरुषमा धादिङका प्रदीप तामाङ र महिलामा नुवाकोटकी निर्मला तामाङ उत्कृष्ट खेलाडी घोषित भए। पुम्सेको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा जैसीदेवलकी वितिशा तामाङ उत्कृष्ट खेलाडी चुनिए।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर, वडा १० का अध्यक्ष रामकुमार केसी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
दुईदिने प्रतियोगितामा ४४ टिमका ४ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका रन्जितबहादुर डंगौराले जनाएका छन्। अफिसियलमा २८ सहित जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। अफिसियल स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरे।


