टेटेको सर्टिफिकेसन कार्यक्रम सुरु


काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन्। कार्यक्रम अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले सञ्चालन गरिरहेका छन्।

सेमिनारको टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे। कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको