सूर्य नेपाल एनपिजीए च्याम्पियनसिप मंगलबारबाट


काठमाडौं । सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ।

शुक्रबारसम्म गोकर्ण गल्फ क्बलमा हुने प्रतियोगितामा ३० जना गल्फरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता ७२ होलको हुनेछ।

३६ होलको खेलपछि कट बनाउनले २१ गल्फरले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउने छन्। प्रतियोगिताको शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी शीर्ष २१ लाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रो गल्फरभुवन नगरकोटी, निरज तामाङ, संजय लामा, रवि खड्का, धन थापा, दिनेश प्रजापती, जयराम श्रेष्ठका साथ एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्मालाई उपाधि दाबेदार मानिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको