तीनलाल स्मृति भलिबलको उपाधि देउरालीलाई  

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित तीनलाल स्मृति कप–२०८१ अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका वडा नं २ देउरालीले जितेको छ। 

मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको टिम न्यूस्टारलाई हराउँदै उपाधि जितेको हो। अनेरास्ववियु रामेछापले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेताले ३० हजार नगद सहित शिल्ड, ट्रफि, मेडल प्राप्त गरेको छ। 

प्रतियोगितामा १६ वटा टिमले भाग लिएका थिए। मन्थली नगरपालिका खेलकुद विकास समितिको मुख्य प्रायोजनमा खेल भएको हो। खेलको सेमीफाइनलमा पुगेका दुई टोलीलाई पनि १० हजारका दरले नगद पुरस्कार दिइएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको