काठमाडौं । नेपाल आर्मी २४औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियमा आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कांस्य जित्यो। दोश्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ३ कांस्य हात पा¥यो। ३ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ बागमती प्रदेश तेश्रो स्थानमा रह्यो।
पुरुषमा आर्मीका भीमबहादुर तामाङ तथा महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भए। यु–१५ मा च्याम्पियन बनेको बागमतीले ५ स्वर्ण, ३ रजत र ७ कांस्य हात पा¥यो। ३ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ गण्डकी दोश्रो तथा २ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ एपीएफ तेश्रो बने। यु–१५ को पुरुषमा सुदूरपश्चिम प्रदेशका भुपेश नाथ तथा महिलाा गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिए।
विजेतालाई राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडा, आयोजक महासंघका अध्यक्ष प्रवीण कुमार कार्की, महासचिव घमबहादुर थापा मगरलगायतले पुरस्कृत गरे।


