काठमाडौं । वुमन्स डे टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले हङकङकको गर्दा नेपाल दोस्रो जितको लक्ष्यमा हुनेछ ।
खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।
नेपालको फाइनल सम्भावना समाप्त भइसकेको छ । हङकङसँगको पहिलो भेटमा नेपाल दुई रनले पराजित भएको थियो ।
यसैगरी नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगान्डासँग एक जित र हारको नतिजा निकालेको छ ।


