प्रियान्सु र भोज क्वाटरफाइनलमा


काठमाडौं, चैत २ गते । युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा प्रियान्सु नेपाल प्रहरीका कविर केसीलाई २१–१९ र २१–१२ तथा भोजले तन्डुरी हाउसका हिमान्शु मगरलाई २१–१६ र २१–९ को सोझो सेटमा पराजित गरे।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्सकै अन्य खेलमा धादिङका सुजन थापाले देवीनगरका सक्षम ढकाललाई १८–२१, २१–६ र २१–१४, कैलालीका रोशन साउदले फिट्नेस पार्कका अमन डंगोललाई २१–१६ र २१–१५, प्रहरीका हीरा राईले कैलाली शिशीर राणालाई २०–२२, २१–१२ र २१–६, नेपाल आर्मीका विवेक चौधरीले आर्मीकै लक्ष्मण राना मगरलाई १७–२१, २१–१९ र २१–१३, एपीएफका क्षितिज खनालले देवीनगरका विविश थापालाई २१–६ र २१–६ तथा एपीएफका प्रनिशसिंह ठकुरीले प्रहरीका पूर्ण थापालाई १९–२१, २१–१३ र २३–२१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष डबल्समा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेप, बालकुमारी रिमिक्स क्लबका दिप्रिसमुणि वज्रचार्य र रमन महर्जन, धादिङका राम मल्ल ठकुरी र सुजन थापा, आर्मीका विवेक चौधरी र तुन्डुरीका हिमान्शु मगर, बालकुमारीका सुमित महर्जन र सुमन शाक्य, आयोजक क्लबका नेल्सन राई र स्पोर्ट्स हबका सुमित ठोकर, सूर्यदर्शनका दीपक राणा र जेनिश थकाली तथा एपीएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीको जोडी क्वाटरफाइनलमा पुगे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको