डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

काठमाडौं । अतिरिक्त समयमा पोर्चुगलले डेनमार्कलाई ५-३ गोलले पराजित गर्दै युइएफए नेसन्स लिगको सेमीफाइनल प्रवेश गरेको छ।

पोर्चुगलको घरेलु मैदानमा आइतबार राति सम्पन्न खेल निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

त्यअघि डेनमार्कलाई १(० गोलको अग्रता थियो। तर पोर्चुगलले शानदार पुनरागमन गर्दै ५-२ गोलको जित हात पार्यो।

खेलको छैठौं मिनेटमानै रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काउने अवसर पाएका थिए। उनको पेनाल्टी डेनिस गोलकिपर कास्पर स्माइकलले सहजै बचाए।

३८औं मिनेटमा डेनमार्कका योअकिम एन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले खेलमा फर्कियो । त्यसपछि रोनाल्डोले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएको थिएन्।

५६औं मिनेटमा डेनमार्कका रास्मस क्रिस्टेनसले गोल गरे। ७२औं मिनेटमा रोनाल्डोले गोल गरे। क्रिस्टियन एरिक्सनले पाहुना टिमका लागि ७६औं मिनेटमा गोल गरे। ८६ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओले गोल गरेपछि भने ९० मिनेटको खेल बराबरीमा टुगिंयो।

अतिरिक्त समयको ११५ औं मिनेटमा सब्सिच्युट गोन्जालो रामोसको गोल पछि पोर्चुगलले अन्तिम चारमा स्थान बनाएको हो। अब पोर्चुगलको भेट जर्मनीसँग हुनेछ।

गएरातीनै भएको खेलमा जर्मनीले इटालीलाई समग्रमा ५-४ गोलले स्तब्ध पारेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको