फ्रान्स र स्पेन सेमिफाइनलमा भिड्ने

काठमाडौं । फ्रान्स क्रोएशियालाई पेनाल्टी सुटआउटमा ५४ ले हराउँदै युइएफए नेसन्स लिगको सेमीफाइनल यात्रा तय गरेको छ। अब उसले सेमिफाइनलसमा स्पेनको सामना गर्नेछ।

पेरिसमा आइतबार राति सम्पन्न दोस्रो लेगमा क्रोएशियाले आफ्नो अग्रता जोगाउन सकेन्। क्रोएशिया पहिलो लेगमा २-० अघि थियो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५२औं मिनेटमा मिचेल अलिसेले गोल गरेपछि फ्रान्सले खेल २-१ मा झारेको थियो।

८०औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरे र खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै तर्फबाट गोल हुन सकेन्।

फ्रान्सका गोलकिपर माइकले क्रोएशियाका मार्टिन बाटुरिनाको पहिलो प्रहारको बचाउ गरे। फ्रान्जो इभानोभिचको पेनाल्टि बाहिरियो। फ्रान्सका जुल कुन्डे र थियो हर्नान्डेजन पनि पेनाल्टिमा चुके। फ्रेन्च गोलकिपर माइकले शानदार प्रदशर्न गरे। उनले योसिप स्टानिसिचको प्रहारलाई सफल हुन दिएनन्।

फ्रान्सका लागि डेयोट उपामेकानोले विजयी पेनाल्टि प्रहार गरेका थिए। सन २०२१ मा नेसन्स लिग उपाधी जितेको फ्रान्सले अब अन्तिम चारमा स्पेन सँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमै ५-४ ले पराजित गरेर अन्तिम आठमा स्थान बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको