नेपाल समूह ‘एफ’ मा

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।

यो समूहका खेल उज्वेकिस्तानमा हुनेछ।

यसैगरी समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान तथा समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मंगोलिया, टिमोर लिस्टे र इराक छन्।

यता समूह ‘सी’ मा बहराइन, म्यानमार, बंगलादेश, तुर्केमिनेस्तान तथा समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकितान परेका छन्।

समूह ‘इ’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स रहँदा समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया छन्। यस्तै समूह ‘ए’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान छन्।

छनोट खेलहरु २३ जुनदेखि सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको