आई–लिगको फाइनल खेलमा नेपालका तीन रेफ्री

काठमाडौं। नेपालका तीन रेफ्रीले आई–लिगको फाइनल खेल खेलाउने भएका छन्।

भारतीय फुटबल महासंघ (एआइएफएफ) का अनुसार आइतबार हुने चर्चिल ब्रदर्स र इन्टर काशीबीचको खेल नेपाली रेफ्रीले खेलाउने भएका हुन्।

चर्चिलको घरेलु मैदान राई पञ्चायतमा खेल अपरान्ह्र ४:४५ बजे हुनेछ। उक्त खेलमा प्रज्वल क्षेत्री मुख्य रेफ्री रहने छन्। यस्तै, नानिराम थापा मगर र सहदेव श्रेष्ठ सहायक रेफ्री रहने एआइएफएफले जनाएको छ।

गोवाको क्लब चर्चिल तेस्रो आई–लिग उपाधिनजिक छ। चर्चिलले सन् २००८–०९ र २०१२–१३ मा लिग जितेको थियो। यस्तै, २००७–०८, २००९–१० र २०२०–२१ को सिजनमा चर्चिल उपविजेता भएको थियो।

यो सिजन चर्चिल र काशीले २० खेलबाट समान ३८ अंक जोडेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको