ताप्लेजुङ । सिदिङवा गाउँपालिकाले तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ शनिबार सम्पन्न गरेको छ।
बेल्ट ग्रेडिङमा भाग लिएका २६ जना खेलाडीले लाई ग्रेडिङ गरिएको हो।
तेक्वान्दो खेलका कलर बेल्ट खेलाडीहरूको ग्रेडिङ वृद्धि भएपछि उनीहरूलाई बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ।
नेपाल अतराष्ट्रिय टेक्वान्दो महासंघ अध्यक्ष प्रविनकुमार कार्की तथा कोशी प्रदेश संम्योजक राजेन्द्र धिमालले बेल्ट ग्रेड वृद्धि भएका खेलाडीलाई ब्लु र रेड बेल्ट प्रदान गरेका थिए।
आईटी एफ ताप्लेजुङका उपाध्यक्ष गौरीमान लिम्बूले सम्पूर्ण खेलाडीलाई शुकामना तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा रेड बेल्टको लागि ६ जनाले ग्रेडिङ दिएका थिए भने हाप ब्ल्याक बेल्टका लागि २ जनाले ग्रेडिङ दिएका थिए। त्यस्तै ग्रिन बेल्टका लागि ११ जनाले र हाप ब्लुका लािग ७ जनाले ग्रेडिङ दिएका थिए।
उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष कार्कीले व्यतिगततर्फबाट ताप्लेजुङ जिल्ला आइटिएफ तेक्वान्दाे संघलाई खेल सामाग्री हस्तान्तरणसमेत गरे।


