बुटवललाई हराएसँगै पोखरा प्लेअफमा

काठमाडौं। पोखरा थन्डर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा पुगेको छ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० गोलले पराजित गर्दै पोखराले शीर्ष चारमा स्थान पक्का गरेको हो।

पोखराका लागि आयुष घलानले दशौं मिनेटमा पहिलो गोल गरे। बियान्सी विलियम्सले ५८ मिनेटमा अग्रता दोब्बर पारेका थिए।

जितसँगै पोखराले ६ खेलबाट ८ अंक जोडेको छ।

यसअघि शीर्ष स्थानको धनगढी एफसी र दोस्रो स्थानको ललितपुर सिटी एफसीले पनि प्लेअफमा स्थान बनाएका थिए।

धनगढी र ललितपुर दुवैले पाँच पाँच खेलबाट ११-११ अंक जोडेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको