तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने


काठमाडौं । नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
यसै अप्रिलमा हुने जापान वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत गर्ने भएका हुन् । दुवै च्याम्पियनसिपमा अदिशले पुरुष यु–१७ उमेरसमूहको व्यक्तिगत पुम्सेमा चुनौती प्रस्तुत गर्नेछन् ।

जापानको ओसाकामा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै छ । त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । आगामी मे ३ देखि ४ सम्म गोल्ड कोस्ट ओपन हुने तय छ । त्यसैले उनी जापानबाटै अस्ट्रेलिया जानेछन् ।
आइतबार एक कार्यक्रमका बीच अदिश अध्ययनरत कलेज नामी इन्टरनेसनलले उनलाई बिदाइ गरेको थियो ।

जोरपाटीस्थित नामीमा भएको कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई बिदाइ गरेकी थिइन । अदिश तेस्रो डान प्राप्त खेलाडी समेत हुन् । अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट दिँदै पदक जित्ने आशा व्यक्त गरेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको