काठमाडौं । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणात्मक डजबल प्रतियोगितामा नेपालले कांस्य पदक प्राप्त गरेको छ।
अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीबीच प्रतिस्पर्धा भएको थियो। नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।
नेपालले भारतविरुद्ध ३-१ को हार बेहोरे पनि एउटा सेट आफ्नो पक्षमा पारेको थियो। यसैगरी नेपाल मलेसियन राइनोससँग ५-० ले पराजित भयो।
नेपाल डजबल महासंघले थप अन्तर्राष्ट्रिय अनुभव लिँदै मलेसियनमा हुने एसियन डजबल च्याम्पियनसिपमा अझ उत्कृष्ट नतिजा ल्याउने गरि तयारी गरिने प्रतिबद्धता जनाएको छ।


