काठमाडौं । राष्ट्रिय पुरूष हक्कीमा आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को सहज रच्यो । आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे ।
आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना गर्यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेस भने कोसीसँग चुकेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् ।
पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । बागमतीका समीर घिमिरेले एक गोल गरे ।


