साफ यू-१९ खेल्ने जाने नेपाली टिमको बिदाई सम्पन्न

काठमाडौं । साफ यू-१९ फुटबल प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न जाने टिमको  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिदाई गरेको हो।

टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन्। गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का रहेका छन्। सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन छन्। फिजियोमा अनिश बुढाथोकी रहेका छन्।

६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ। नेपालले समूह ‘बी’मा रहेर प्रतियोगिता खेल्नेछ। समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन्। समूह ‘ए’मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको