दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु


काठमाडौं । टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

बसुन्धारास्थिति हेराल्ड इन्टरनेशल कलेजमा शनिबारबाट प्रतियोगिता सुरुभएको हो। एसकेबिसीको प्रमुख आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकार र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि सदैव टोखा नगरपालिका समर्पित रहनेछ। साथै टोखा नगरपालिका भित्रका सम्पूर्ण खेलाडीहरूको हक र हितका लागि नगरपालिकाको तर्फबाट सदैव साथ सहयोग रहने बताए।

उद्घाटन समारोहमा न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता एवं पत्रकार बिरेन्द्र जैरुलाई सम्मान गरिएको थियो। त्यसैगरी शनिबार नै सम्पन्न १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका पुम्सेका विजेता खेलाडीहरुलाई पदक प्रदान गरिएको छ। दोस्रो संस्करणको प्रतियोगितामा बाग्मती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी सिनियर जुनियर खेलाडीहरुको सहभागी रहेको छ।

सह-आयोजक तथा प्राविधिक सहयोग बाग्मती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ

प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन तेक्वान्दो खेलको विकासका साथै समग्र खेलकुदको विकासको लागि प्रेरणाको श्रोत बन्ने आयोजकको बिश्वास रहेको छ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई आकर्षक मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट महिला, पुरुष खेलाडी त्यस्तै उत्कृष्ट प्रशिक्षक र निर्णायक एक/एक थान ओप्पो मोबाइल सम्मानसहित प्रदान गरिने आयोजक एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक रञ्जित डंगौराले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको