प्रसिद्धकाे शतकमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य


काठमाडौँ। ओपनर प्रसिद्ध जैसीकाे शतक प्रेरित नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ।

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक १३२ रन बनाए। त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए। त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए। त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए।

इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको