पोखराले गर्याे कुशलसहित ६ खेलाडी रिटेन


काठमाडौं। पोखरा एभेन्जर्सले दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आइतबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

पोखराले सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो।

पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ। रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र विपिन खत्री रहेका छन्।

रिलीज खेलाडी : अमृत गुरुङ, सुनम गौतम, दिलिप नाथ, नारायण जोशी, सुदिप अर्याल, तृतराज दास

यसअघि काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची सार्वजनिक गरिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको