नेपाल ओलम्पियन्स संघको अध्यक्षमा विष्टकै निरन्तरता


काठमाडौं। नेपाल ओलम्पियन्स संघको चौथो साधारण सभाले दीपक विष्टलाई अध्यक्षमा निरन्तराता दिँदै नयाँ नेतृत्व चयन गरेको छ।

चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्ष विष्टसहित १५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन भयो। विष्ट यसअघि पनि अध्यक्ष थिए।

एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन्।

सदस्यमा विष्णु वहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ, भगवती केसी, विमला रानामगर, राजकु‌मारी पान्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ निर्वाचित भए।

त्यसअघि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले साधारण सभाको उद्घाटन गरेका थिए। बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले पेश गरेको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो। सभाले स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनको विवरणसहितको पुस्तक र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको