एनपिएल ‍: अक्सनका लागि खेलाडी दर्ता खुला


काठमाडाैँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ।

आयाेजक नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक विज्ञप्ति जारी गर्दै रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो।

क्यानका अनुसार एनपिएलमा सहभागी ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन्।

जसमा खेलाडीहरुले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। दर्ताका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ भने खेलाडीले साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन्।

एनपिएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको