ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन


काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित्त भएका हुन्। उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शोभा ठाकुर तथा सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनीष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा, काठमाडौं जिल्ला खेलकुद विकास समितिकको प्रतिनिधिका रुपमा कार्यालय प्रमुख शारदा दाहाल, बूढानीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, कलाकार आशोक ढकाल, अर्जुन तिमल्सिना, सुमन ज्योति न्यौपाने, रत्न श्रेष्ठ, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, नेपाल क्योकुशिन कराँतेका सहायक प्रशिक्षक सन्जु महार्जनलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा नेपाल डजबल महासंघ तदर्थ समितिका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको