साउन २ गते इडब्लुभिएलको अक्सन हुने


काठमाडौं। दाेस्राे संस्करणाकाे एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को अक्सन साउन २ गते काठमाडौंमा हुने भएकाे छ।

आयाेजक इन्फिनिटी ड्रिम्स प्रालि भाद्र २० देखि २८ गतेसम्म हुन लागेको इडब्लुभिएलको दोस्रो सिजनका लागि खेलाडीको अक्सन लागर्गेनको हो। नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने भएको छ।

सहभागी ६ टोलीले राष्ट्रिय खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन्। अक्सनमा लिगका अधिकारी, फ्रेन्चाइजका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहनेछ।

‘यो एक अक्सन मात्र होइन, नेपाली महिला भलिबलको एउटा ऐतिहासिक टर्निङ पोइन्ट हो। खेलकुदको यो व्यावसायिक संरचनामा महिला खेलाडी पहिलो पटक होमिदै छन्। यो हामी सबैका लागि गर्वको विषय हो,’ इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईँले भनिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको