काठमाडाैँ। तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिकाको क्यालिफोर्निया जाने भएकी छन्।
जुलाइ १७ देखि १९ तारिखसम्म हुने वल्र्ड तेक्वान्दो हान्मादाङमा निर्णायकका रुपमा सहभागी हुन काजल अमेरिका जान लागेकी हुन्।
नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छिन्।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन्।


