काठमाडौं। पोखरा निन्जाजले आफ्नों मुख्य प्रशिक्षक रुपमा रूपेश कुमार विष्टलाई जिम्मेवारी दिएको छ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका निम्ति टोलीको प्रशिक्षकमा नियुक्त गरेको टिम डाइरेक्टर विकास खेतानले बताएका छन्।
रुपेश कुमार विष्ट नेपाल पुलिस क्लबको महिला टोलीका प्रशिक्षक समेत हुन्। पछिल्लो समय महिला भलिबलमा पुलिसले जमाएको दबदबामा विष्टको महत्त्वपूर्ण भूमिका छ।
गत वर्ष पुलिसले काभा महिला क्लब च्याम्पियनसिप जित्दै इतिहास रच्दा विष्टले नै टोली सम्हालेका थिए। उनले इडब्लुभिएलको पहिलो संस्करणमा गण्डकीको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।
यसैगरि सहायक प्रशिक्षकको रूपमा एफआईभिपि लेभल टु कोच सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ।


