डाना कपमा सहभागी हुन काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै


काठमाडौं। युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे
टोली शनिबार डेनमार्क प्रस्थान गर्ने भएको छ।

काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन्।

टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ।

काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन्। यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन्।

युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ।

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको