नेपाल शीर्ष स्थानमा


काठमाडाैँ। नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकोमा सबैमा जित रच्यो। ५ टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलंकालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा पराजित ग¥यो। नेपालले अन्तिम दिन बिहीबार भारतको सामना गर्ने छ। नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल रहेका छन्।

दोश्रो स्थानमा रहेको भारतले श्रीलंका र बंगलादेशलाई समान ३–० को नतिजामा हरायो। भारतले नेपालसंगै माल्दिभ्ससंग पनि खेल्न बाँकी छ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यर्होयो। माल्दिभ्स र बंगलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलंकासंग २–३ ले चुक्यो। नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन्। पाँचै टिम सहभागी महिलमा पनि नेपालले बिहीबार भारतको सामना गर्ने छ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडी सहभागी छन्। भारतबाट १० तथा नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडी सहभागी छन्।

राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष÷महिला टोलीले इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको