टोखा प्याब्सनको नगरस्तरीय फुटसल सुरु


काठमाडाैँ। टोखा प्याब्सनको आयोजनामा अन्तविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन लिग चरणका खेल भयो।

प्रतियोगिताअन्तर्गत टोखा–८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गल्र्सतर्फका प्रतिस्पर्धाहरू सम्पन्न भए।

सिनियर ब्वाइजतर्फ १४ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गल्र्सतर्फ ८ टिमले सहभागिता जनाउँदै आ–आफ्ना प्रतिस्पर्धीसँग खेलेका थिए।

प्रतियोगिताका संयोजक दिपेन्द्र थापाका अनुसार लिग चरणका खेलहरू समापन भएपछि नकआउट चरण र फाइनलको तालिका सार्वजनिक गरिने छ।

प्रतियोगिताको टोखा– १० का वडा अध्यक्ष मचाकाजी महर्जन र प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण केसीले संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन समारोहमा काठमाडौं ग्लोबल स्कुलका विद्यार्थीले आकर्षक साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको