भारोत्तोलनको नेतृत्वमा कानन


काठमाडाैँ। नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ। यसअघि तदर्थ समितिमा कानन संयोजक थिए।

उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही चुनिए।

ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तिलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अन्जुकुमारी रानाभाट, तुलाराम थारु, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव सदस्यमा चयन भए। साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको