तेक्वान्दो टोली थाइल्यान्ड जाने


काठमाडाैँ। आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ। त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ।

अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन्। महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन्। प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन्।

टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको