एथलेटिक्सको चौथो साधारण सभा सम्पन्न


काठमाडाैँ। एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार काठमाण्डौंमा सम्पन्न भएको छ।

किर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा संचालन भएको उक्त समारोहमा अध्यक्ष राजन खत्रीले आ.व.२०८२÷८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिब मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आय÷व्यय विवरण प्रस्तुत गर्नु भएको थियो।

सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक÷धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो।

एथलेटिक्स परिवार, नेपालले आ.व.२०८१÷८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको र आ.व.२०८२÷८३ मा  चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि.मि.च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुसा महिनामा काठमाडौंमा संचालन गर्ने गरि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।

यसको अलावा नेपालमा विभिन्न स्थानहरुमा आयोजना हुने करिब १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने भएको अध्यक्ष राजन खत्रीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको