एथलेटिक्स टोली भारत प्रस्थान


काठमाडौं। प्रथम इन्डियन ओपन वल्र्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार भारतको उडिसा प्रस्थान गरेको छ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन्। महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन्। अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको