काठमाडौं। टिपटो स्पोर्टस एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ।
आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई हरायो।
हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल एकेडेमीले ‘फेयर प्ले’ अवार्ड प्राप्त गर्यो। यसैगरी कोशिस बुढामगर उत्कृष्ट खेलाडी तथा सोहन राजबहाक सर्वाधिक गोलकर्ता बने।
यता गोकिपरमा प्रिन्स राहदी र प्रशिक्षकमा सचिन अमात्य उत्कृष्ट ठहरिए।
एक दिने प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । समापन कार्यक्रममा प्रतियोगिता निर्देशक राजन न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का एलिट तथा युथ प्रमुख नवीन महर्जन, प्रशिक्षक तथा एकेडेमी सल्लाहकार अनिलबहादुर गुरुङलगायतको उपस्थिति थियो।


