ब्याडमिन्टन टोली भुटान जाने


काठमाडाैँ। जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ।

अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी सहभागी हुने छन्।

यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन्। यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन्। यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन्।

प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको