अपी सेमिफाइनलमा


काठमाडाैँ। अपी स्कुल प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। अपी सेमिफाइनल पुग्ने पहिलो टोली हो।

सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको १० ओभरको खेलमा अपीले बालकुञ्जलाई ६ विकेटले पराजित ग¥यो। अपीका युगान्त कार्की ‘म्यान अफ द म्याच’ घोषित भए।

बाँकी ३ क्वाटरफाइनल डिएभी र मोक्षदा, गेट्वे एकेडेमी र एलआरआई तथा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ र विश्व निकेतनबीच हुनेछ।

आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ। विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको