केन्पोकाइ च्याम्पियनसिपका पदक विजेता टोलीको स्वागत


काठमाडाैँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व केन्पोकाइ च्याम्पियनसिपका पदक विजेतासहतिको टोलीलाई बिहीबार स्वागत गरेका छन्।

अगष्ट ८ देखि १० तारिखसम्म जापानको हामामात्सुमा भएको प्रतियोगिताको इआईडो कातामा नवीन आचार्यले रजत जितेका थिए। उक्त प्रतियोगितामा बामदेव सुवेदी र मेणुका अधिकारीले पनि प्रतिस्पर्धा गरेका थिए। व्यवस्थापकमा जुना लामिछाने छिन्।

प्रतियोगिताका दौरान भएको ग्रेडिङबाट नराजबहादुर खड्का सातौं डान तथा नवीन आचार्य छैटौं डानमा पदोन्नती भएको बताइएको छ। उक्त अवसरमा राखेपका सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको