काठमाडाैँ। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकबाट १७८ रनकाे लक्ष्य पाएकाे छ।
उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपालले १७८ रनकाे लक्ष्य पाएकाे हाे।
खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए।
सहाब आलमले दुई विकेट हात पारे। रुपेशुकमार सिंह, दीपेन्द्रसिंह एैरी र कप्तान रोहित पौडेलले एक विकेट लिए।
यस्तै नर्दर्न टेरिटोरीका डार्सी सर्टले अर्धशतकीय पारी खेले। उनलाई ३४ बलमा ५१ रन बनाएपछि सन्दीपले बाेल्ड आउट गरे। यसैगरी थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए।


