काठमाडाैँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नाे दाेस्राे खेलमा शनिबार बंगलादेशकाे ए टिमकाे समाना गर्दै छ।
डार्विनमा हुने याे खेल नेपाली समयअनुसार ३:१५ बजेबाट सुरु हुनेछ।
यसअघि शुक्रबार भएकाे पहिलाे खेलमा नेपाल घरेलु टाेली नर्दर्न टेरिटाेरी स्टाइकरसँग ४२ रनकाे लज्जास्पद हरा ब्यहाेरेकाे थियाे। नर्दर्नले दिएकाे १७८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सकेकाे थियाे।


