काठमाडौं। सीसीआरसी र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन्।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले पुष्पसदनलाई ६३–३२ ले सहजै पराजित ग¥यो। सीसीआरसीका सुरेश मगरले १४ अंक जोडे।
पहिलो क्वाटरमा १६–१० को अग्रता बनाएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १५–११, १७–९ र १५–२ स्कोर ग¥यो। समूह चरणमा दुवैको पहिलो खेल हो।
प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराउदै लगातार दोश्रो जित दर्ता ग¥यो। प्रिमियरका प्रथमले १३ स्कोर गरे । दुई खेलमा बर्नहार्टको पहिलो हार हो। प्रिमियरले सुरुका ३ क्वाटर क्रमशः २५–८, ७–१ र १२–२ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो। चौथो तथा अन्तिम क्वाटरमा प्रिमियर ८–१२ ले पछि प¥यो।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको समूह चरणका अन्य खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले सफलता पाए । दुवैले समान २–२ खेल खेलेका छन्। जेभियरको लगातार दोश्रो जित हात भने टाइम्स पहिलो जित निकाल्न सफल भयो।
जेभियरले मल्पीमाथि ७५–४१ को आरामदायी जित रच्यो। जेभियरका आशिषले २४ अंक बटुले। तेस्राे क्वाटर बाहेक जेभियर सबैमा अगाडि रह्यो। जेभियरले पहिलोमा २६–६, दोश्रोमा ११–२ र चौथोमा २२–१७ को प्रदर्शन ग¥यो । तेश्रो क्वाटर १६–१६ को बराबरीमा सकियो।
टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३–२२ ले पन्छायो। टाइम्सका भिजनले १८ अंक जोडे। टाइम्सले पहिलोमा ८–३, दोश्रोमा ७–३, तेश्रोमा १२–४ र चौथोमा ६–१२ को प्रदर्शन ग¥यो। दुई खेलमा टाइम्सको पहिलो जित हो । त्यत्तिनै खेल खेलेको गोल्डेनगेट ‘बी’ पहिलो खेलमा पनि पराजित भएको थियो।
रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको तेश्रो दिन आइतबार ५ खेल हुनेछ।


